हुलदङ्गाका कारण भएका क्षतिको बिमादाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

हुलदङ्गाका कारण भएका क्षतिको बिमादाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन


यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमादाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणले सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।

हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको जनाइएको छ ।