राजा महेन्द्रलाई मार्गदर्शक मान्नुहुने उहाँ महेन्द्रका विचार र ब्यवहारलाई गतिशीलतामा बुझ्नुहुन्न, यान्त्रिक अनुकरण चाहनुहुन्छ र सोही सोचअनुरुप निर्णयमा उतार्नुहुन्छ । सत्ता आफ्नो नियन्त्रणमा लिएपछि तुल्सी गिरीलाई बुबाले प्रधानमन्त्री बनाएका हुनाले उहाँ उही जमानाको तुल्सी गिरी खोज्न निस्कनुभयो, नयाँ तुल्सी गिरी बन्नका लागि कृपामाला पहिरिन गर्धन तेर्स्याएर बसेका नेताहरूतर्फ उहाँले आँखा लगाउनुभएन ।
✍ यादव शर्मा
विस्थापित राजा ज्ञानेन्द्र यतिबेला सर्वाधिक चर्चामा हुनुहुन्छ, उहाँको पुनरागमन हुने या नहुने सम्भावनालाई लिएर आम मानिसमा गहिरो चासो उत्पन्न भएको छ । नेपाली राजनीतिमा चासो राख्ने हरेकमा अचेल एउटै प्रश्न भेटिन्छ- के राजसंस्था पुनर्बहाली होला ? तर बुद्धिजीवीहरूका प्रश्न भने यतिमै सीमित छैनन्, उनीहरूका प्रश्न छन्- गणतन्त्र घोषणा भएको सोह्र वर्षसम्म निष्क्रिय जस्तै रहेका राजा अहिले अचानक किन सक्रिय भए ? राजाको सक्रियताको पछिल्तिर को-कसको भूमिका हुनसक्ला ? राजाको टिममा अहिले को-को छन् जसले राजालाई प्रभावित पार्न सक्छन् ? यस्तै प्रश्नहरूको जवाफ यस आलेखमा खोज्ने प्रयास गरिएको छ ।
संवैधानिक राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूले राजाको ब्यक्तिगत स्वभाव, योग्यता, क्षमता आदिबारे गहिरिएर खोजी गरिरहनुपर्ने कारण रहँदैन । योग्य र अब्बल क्षमताको राजा भएपनि राजकाजमा तिनको भूमिका शून्यबराबर हुने भएकोले त्यस्ता राजाको योग्यता र क्षमताको अर्थ रहन्न । सक्रिय राजतन्त्र मानिसको खोजीभित्र पर्दैन, परिस्थितिले त्यस्तो अवस्थामा देशलाई पुऱ्याएछ भनेपनि त्यो अल्पकालीन हुन्छ । तर, नेपालमा अहिले जुन पक्षबाट राजसंस्था पुनर्बहालीको माग भइरहेको छ तिनले सक्रिय राजतन्त्रलाई आफ्नो एजेण्डा नबनाएको हुँदा सक्रिय राजतन्त्र र राजाको योग्यता/क्षमताबारे विस्तृत चर्चा गर्नुपर्ने आवश्यकता ठानिएको छैन । तथापि, राजा ज्ञानेन्द्रको ब्यक्तित्वको सन्दर्भमा कुरा गर्दा उहाँ आवरणमा जति रिजर्भ देखिनुहुन्छ ब्यक्तिगत कुराकानीका क्रममा त्यसविपरीत खुलस्त र स्पष्ट विचार-ब्यवहारको महसूस गरिन्छ ।
उहाँका बुझाइहरूको दायरा सीमित छन्, त्यसैले वार्तालापका क्रममा जसका जति चासोका साथ कुरा सुनेपनि निर्णयमा त्यसको प्रभाव पर्दैन, पूर्वनिर्धारित सोचअनुरुपका निर्णय लिन उहाँ अग्रसर रहनुहुन्छ । राजा महेन्द्रलाई मार्गदर्शक मान्नुहुने उहाँ महेन्द्रका विचार र ब्यवहारलाई गतिशीलतामा बुझ्नुहुन्न, यान्त्रिक अनुकरण चाहनुहुन्छ र सोही सोचअनुरुप निर्णयमा उतार्नुहुन्छ । सत्ता आफ्नो नियन्त्रणमा लिएपछि तुल्सी गिरीलाई बुबाले प्रधानमन्त्री बनाएका हुनाले उहाँ उही जमानाको तुल्सी गिरी खोज्न निस्कनुभयो, नयाँ तुल्सी गिरी बन्नका लागि कृपामाला पहिरिन गर्धन तेर्स्याएर बसेका नेताहरूतर्फ उहाँले आँखा लगाउनुभएन । यो एउटा उहाँको सोचको प्रतिनिधिमूलक घटना हो, यस्ता अनगिन्ती उदाहरण फेला पर्छन् ।
संवैधानिक राजसंस्था पुनर्स्थानाका पक्षधरहरूले राजाको ब्यक्तिगत स्वभाव, योग्यता, क्षमता आदिबारे गहिरिएर खोजी गरिरहनुपर्ने कारण रहँदैन । योग्य र अब्बल क्षमताको राजा भएपनि राजकाजमा तिनको भूमिका शून्यबराबर हुने भएकोले त्यस्ता राजाको योग्यता र क्षमताको अर्थ रहन्न । सक्रिय राजतन्त्र मानिसको खोजीभित्र पर्दैन, परिस्थितिले त्यस्तो अवस्थामा देशलाई पुऱ्याएछ भनेपनि त्यो अल्पकालीन हुन्छ ।
हेर्दा जटिल देखिए पनि राजा ज्ञानेन्द्र सरल र कन्जुस हुनुहुन्छ । उहाँमा देशभक्तिको भावना प्रबल देखिन्छ । मानिसहरू उहाँको कामका लागि सल्लाहकारहरूलाई जिम्मेवार बताउने गर्दछन्, तर उहाँ सल्लाह लिएर निर्णय लिनेमा पर्नुहुन्न । सल्लाह लिनु त हुन्छ तर त्यो ग्रहण गर्नका लागि नभएर सम्बन्धित ब्यक्तिलाई परख गर्न अर्थात् क्षमता र स्तर जाँचका लागि मात्र सल्लाह लिएजस्तो गर्नुहुन्छ । आफूलाई जे लागेको छ कसैले त्यहीअनुरुपका विचार प्रस्तुत गरिदियो भने उहाँ निकै प्रशन्न भावमा प्रस्तुत हुनुहुन्छ ।
जतिबेला (२०५८ मा) उहाँ राजा बन्नुभएको थियो, त्यसबेला नेपाली जनतामाथि उहाँमा निकै ठूलो भरोसा रहेको महसूस गरिन्थ्यो । आफूले देशको भलाईका लागि कदम चाल्दा जनताबाट पूर्ण साथ रहने र जनता साथमा भएपछि अरु कसैले केही गर्न नसक्ने विश्वास उहाँमा थियो । त्यही विश्वासमा उहाँले राज्यसत्ता आफूमा निहित (२०६१) गर्नुभएको थियो । तर जब उहाँमाथि सङ्कट (जुन निश्चित थियो) आयो, एक्लै पर्नुभयो । त्यसपछि उहाँको सोच बदलिएको भान हुँदैछ ! जनताप्रतिको भरोसा उठेपछि उहाँ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको साथ पाउन तल्लीन देखिनुहुन्छ । अन्तर्राष्ट्रिय साथ भएमा राजसंस्था पुनर्बहाली हुने विश्वास उहाँमा जमेर बसेको छ । गणतन्त्र घोषणा पश्चातका उहाँका क्रियाकलापलाई दृष्टिगत गरियो भने उहाँका प्रयासहरू अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई विश्वासमा लिने उद्देश्यबाट प्रेरित रहेको बुझ्न सकिन्छ ।
पहिले झैँ अहिले पनि राजालाई प्रभावित गर्ने सल्लाहकारहरूको उपस्थिति निर्मल निवासवरिपरि देखिँदैन । तथापि, अहिले उहाँ धीरेन्द्रपुत्री शीताष्मालाई अलिक बढी सुन्नुहुन्छ । स्वकीय सचिव सागर तिमिल्सिनालाई विस्थापित गर्न सहसचिवका रूपमा भर्ना गरिएका कुनै राजेश सिंह नामक ब्यक्ति पनि शीताष्माकै अति निकटतम् मानिन्छन् । बडीगार्ड झैँ राजालाई बेरेर बस्ने फुर्तिला केटा नै राजेश सिंह हुन्, उनी कुनैबेला पारश शाहका ‘ग्याङ अफ फोर’ भित्रका सदस्य थिए । उक्त ग्याङका चार सदस्यमध्ये प्रगुन शमशेर राणा राजतन्त्र विस्थापित हुने वित्तिकै आफ्नो भिनाज्यूको सल्लाहमा अमेरिका पलायन भए । अर्का प्रभन्जन सिंह नामक ब्यक्ति जोगीको भेषमा चिलिमसँगै पशुपतितिर देखिन्छन् । अर्को अभय सिंह कतै ‘लो प्रोफाइल’ जिन्दगी बाँचिरहेका छन् । तर राजेश सिंहले शीताष्माको कृपाबाट राजाको छेउमा उभिने ड्युटी पाएका छन् । मध्यान्हसम्मको समय राजालाई दिने उनी त्यसपछि शीताष्माको अफिसतिर देखापर्छन् ।
शीताष्माकै सिफारिशमा झापातिरका एक विवादास्पद मेडिकल ब्यवशायीले राजाको नजिक पुग्ने मौका पाएका थिए । शीताष्माको तिलष्मी ‘इण्ट्री’पश्चात् बुहारी हिमानी चिसिएकी र केही दूरीमा पुगेकी छन् भन्ने बुझिन्छ । शीताष्मा र राजेशहरूको करिव कब्जामा राजा परेको महसूस निर्मल निवासकै पारिवारिक सदस्यहरूले गरेका छन् । त्यसैले त्यहाँ अन्य कुनै बौद्धिक ब्यक्तिहरूको प्रवेश हुन सकिरहेको छैन । राजाको संसार बाहिर जनस्तरमा फराकिलो बन्दै गएजस्तो देखिएपनि भित्रचाहिँ निकै साँघुरिएको बुझिन्छ ।
अहिले उहाँ धीरेन्द्रपुत्री शीताष्मालाई अलिक बढी सुन्नुहुन्छ । स्वकीय सचिव सागर तिमिल्सिनालाई विस्थापित गर्न सहसचिवका रूपमा भर्ना गरिएका कुनै राजेश सिंह नामक ब्यक्ति पनि शीताष्माकै अति निकटतम् मानिन्छन् । बडीगार्ड झैँ राजालाई बेरेर बस्ने फुर्तिला केटा नै राजेश सिंह हुन्, उनी कुनैबेला पारश शाहका ‘ग्याङ अफ फोर’ भित्रका सदस्य थिए ।
राजाप्रतिको आकर्षण राजाको विशिष्ट क्षमता या क्रियाकलापका कारण नभएर राजनीतिक दलका नेताहरूको अक्षमता र अयोग्यताका कारण भएको तथ्य सबैको जानकारीमा छ । कारण जे भएपनि पछिल्लो समयमा राजाप्रति आम मानिस सकारात्मक बन्दै गएका छन् । त्यसरी बढ्दो लोकप्रियतालाई खस्कन नदिइकन कसरी उपलब्धिमूलक स्थितिमा पुऱ्याउन सकिन्छ भन्ने सुझाव दिनसक्ने मानिसको त्यहाँ प्रवेश नभएपछि शीताष्मा र राजेश सिंह मार्काका अबौद्धिक तथा राजालाई प्रयोग/दुरुपयोग गरेर आफ्नो स्पेस बनाउन चाहने महत्वाकाङ्क्षी मानिसहरू निर्मल निवासमा भित्रिन थाले । तिनले राजालाई बाहिर निस्कन, सडकमा आउन निरन्तर बिन्ती बिसाउन थाले । यसैबीच भारत भ्रमणका क्रममा पनि त्यहाँका केही प्रभावकारी मानिने ब्यक्तिहरूले जनसमर्थन रहेको पुष्टि गर्न (सुझाव जस्तै शैलीमा) चुनौती दिएपछि राजा हौसिएर मुखरित हुन थाल्नुभयो । राजाको कदमले पूर्वपञ्चहरूको समूहलाई सङ्गठन बिस्तार गर्न अलिक सजिलो बनाइदिएको बाहेक भाइरल हुन निरन्तर रहर गर्दै आएका केही महत्वाकाङ्क्षी भाइरसहरूलाई निजी लाभ पुऱ्याइदिएको बुझ्न सकिन्छ । तर विवादरहित बन्दै गरेका राजालाई पछिल्लो घटनाक्रमले रक्षात्मक अवस्थामा पुऱ्याइदिएको छ, बहुस्वीकार्य बन्दै गरेका राजालाई एउटा पक्षविशेषको नेताका रूपमा बुझिने बनाइदिएको छ ।
इतिहासमा दुई पटक ज्ञानेन्द्र राजा बन्नुभयो, दुवैपटक राजा बन्नुमा उहाँको आफ्नै अग्रसरता, भूमिका र योगदान थिएन । २०५८ सालमा परिस्थितिले राजा बनाएयता उहाँले दुई कदम आफ्नै अग्रसरतामा चाल्नुभएको देखिन्छ । पहिलो कदम टेकओभरको थियो, उक्त कदमको परिणाम गणतन्त्र बनेर हाम्रासामु उपस्थित छ । दोस्रो कदम, राजसंस्था पुनर्बहालीको इच्छासहित सार्वजनिक पहल गर्नुलाई लिन सकिन्छ । हालै चालिएको यस्तो कदमको सकारात्मक या नकारात्मक परिणाम पनि केही कालको प्रतीक्षापश्चात् हाम्रासामु प्रस्तुत हुने नै छन् ।
(लेखक शर्मा सामाजिक अभियन्ता एवम् युवा व्यवसायी हुन् ।)
प्रतिक्रिया