६ प्रहरी नायब महानिरीक्षकको नाम एआइजी बढुवाका लागि सिफारिस

६ प्रहरी नायब महानिरीक्षकको नाम एआइजी बढुवाका लागि सिफारिस


नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयको आज (४ बैशाख) बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।