तीव्र गतिका कारण दाङमा बस दुर्घटना : दुई जनाको मृत्यु

तीव्र गतिका कारण दाङमा बस दुर्घटना : दुई जनाको मृत्यु


दाङमा शुक्रबार (५ बैशाख) साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका-५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नामठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भइई दुर्घटनामा परेको जनाइएको छ ।