रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ ।
बुटवलमा खाजाघर सञ्चालन गर्दैआएकी उनमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । बुटवलमा उपचार हुन नसकेपछि उनलाई चितवन मेडिकल कलेज पुऱ्याइएको थियो ।
अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्राडा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पुऱ्याएको छ । गोली शरीरभित्रै रहेको उनले भनाइ छ ।
डा. आचार्यका अनुसार चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निर्क्योल हुन्छ । बिरामीको अवस्था स्थिर रहेको बताइएको छ ।
प्रतिक्रिया