कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका-९ थिर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता-२ बुडाडाँडानजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टरचालक मुगु, खत्याड गाउँपालिका-५ कवाका २५ वर्षीय चन्द्रप्रकाश रोकाय, पलाँता गाउँपालिका-४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी २५/२६ वर्षीया अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिएका छन् ।
बताइएअनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा खसेर अड्किएको छ । शवहरु भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया