विषसेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

विषसेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त


धनुषाको शहीदनगर नगरपालिका-५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ भने घटनामा ती बालबालिकाकी आमा सिकिस्त छन् ।

गएराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

विष सेवनबाट स्थानीय सुशील साहका ६ वर्षीया छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।