नेकपा एमालेकी नेतृ विद्या भट्टराईले आकस्मिक रुपले पदबाट राजीनामा दिएपछि नयाँ शिक्षामन्त्री नियुक्तिको तयारीमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका प्रखर नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । अपर्झट कुनै फेरबदलको निर्ण नभए उनलाई बिहीबार (११ वैशाख) दिउँसो राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाइने भएको छ ।
नेकपा (एमाले)का पुरान नेता रघुजी पन्तको राजनीतिक यात्रा पत्रकारिताबाट सुरु भएको थियो । उनी हाल एमालेको प्रचार विभाग प्रमुख तथा केन्द्रीय समिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
यसअघि दुई पटक ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित भएका पन्तले शेरबहादुर देउवाको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा श्रम तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले विभिन्न राष्ट्रिय मुद्दाहरूमा स्पष्ट अभिव्यक्ति दिने गरेका छन् ।
यसैक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुहुँदैन भन्ने पक्षमा देखिएका उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ नै बर्खास्तीमा परेका छन्। कान्छारामको नामबाट समेत चिनिने तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया