ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त

ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त


ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तगीमा परेका छन् ।

प्रधानमन्त्री केपी ओलीद्वारा बुधबार (१० वैशाख) गरिएको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा आज (१० वैशाख) गर्नुभएको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त भएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पुनः गठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।

पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।