कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त

कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त


नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपतिको कार्यालयले जनाएअनुसार गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई आज (१७ वैशाख) राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।