बलात्कार मुद्दामा फरार भइ इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

बलात्कार मुद्दामा फरार भइ इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ


जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखा गौरीशंकर गाउँपालिका-५ सुरीडाँडा टोल ठेगाना भएका बागसिं भन्ने रविन तामाङ पक्राउ परेका छन् । साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले बिहीबार (१८ वैशाख) उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । 

जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्प क्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अगस्ट २१ मा उनका विरूद्ध रेड नोटिस जारी भएको थियो ।

तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।