दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री राष्ट्रपति पदको दौडमा

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री राष्ट्रपति पदको दौडमा


पूर्व राष्ट्रपतिको महाभियोगबाट सुरु भएको आकस्मिक चुनावमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक-सूले शुक्रबार राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

दक्षिण कोरियालाई लामो राजनीतिक उथलपुथलमा डुबाएको डिसेम्बरमा मार्सल लको दुर्भाग्यपूर्ण घोषणापछि जुन ३ मा हुने मतदानले पदबाट हटाइएका महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक योललाई कसले प्रतिस्थापन गर्ने भन्ने निर्णय गर्नेछ ।

चुनावी कानून उल्लङ्घन गरेको आरोपमा राष्ट्रपति पदका उम्मेद्वारलाई पुनः सुनुवाइको आदेश दिएपछि र हानसहित दुई प्रमुख सरकारी व्यक्तित्वले राजीनामा दिएपछि बिहीबार देशमा राजनीतिक अस्थिरता बढेको छ ।

हानले बिहीबार कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा राजीनामा गर्दा सम्भावित राष्ट्रपतिको उम्मेदवारी दिने सङ्केत गरेका थिए । ‘मैले गहिरो रूपमा माया गरेको कोरिया गणतन्त्रको भविष्यका लागि र हामी सबैका लागि, मैले जे गर्न सक्छु गर्ने निर्णय गरेको छु’, हानले शुक्रबार टेलिभिजन भाषणमा भने, ‘यो राष्ट्रपति चुनावमा हाम्रा जनताले रोज्नका लागि म सक्दो प्रयास गर्नेछु ।’

डिसेम्बरमा संसद्ले युनलाई महाभियोग लगाएपछि पूर्व प्रधानमन्त्री हानले देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।

पचहत्तर वर्षीय करियर ब्युरोक्र्याट हानले युनको पिपुल पावर पार्टीसँग मिलेर लिबरल फ्रन्ट रनर ली जे-म्युङ विरुद्ध एकीकृत कन्जरभेटिभ अभियान सुरु गर्ने अपेक्षा गरिएको छ ।