नेकपा (एमाले)को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (२० वैशाख) १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
संसदीय दलको बैठकमा राष्ट्रपतिद्वारा शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसदमा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिक्रिया