प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा वैशाख १८, १९ र २० गते गरी तीन दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ उल्लासपूर्ण वातावरणमा सम्पन्न गरिएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्बोधन गरी सुरुवात गरेको कार्यक्रममा कम्पनीमा आवद्ध ३ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रमको मुख्य आकर्षण कम्पनीका ब्राण्ड एम्बेष्ड मनोज गजुरेलज्यूको प्रति रहेको थियो । त्यसैगरी लोकप्रिय सदाबहार गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।