छिमेकी मित्रराष्ट्र भारतको पहलगाममा भएको आतङ्ककारी हमला र त्यसपछि उत्पन्न परिस्थितिप्रति नागरिक शक्ति, नेपालको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ।
पार्टीका महासचिव सुभास प्रसाद पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै एक नेपाली युवा सुदिप न्यौपानेसहित दुई दर्जन बढी निर्दोष पर्यटकहरूको धार्मिक आस्थामाथि कुठाराघात भएको हत्याकाण्डको दोषिहरूमाथि उचित दण्डनीय कारबाहीका निम्ति पाकिस्तान आफैले अग्रसरता लिइदिएको भए सम्भवतः थप असामान्य स्थिति उत्पन्न हुन सक्दैनथ्यो भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आफै पनि आतङ्कवादबाट प्रताडित मुलुक भएकोले त्यसको पीडा कति गहिरो हुन्छ भन्ने महसुस हामीले गरेका छौँ । र, कुनै पनि मुलुकले आतङ्कवादलाई प्रश्रय दिनु कदापि उचित होइन भन्ने हाम्रो ठहर छ। त्यसैले विश्वको जुनसुकै स्थानमा आतङ्कवाद नियन्त्रण निमित्त हुने प्रयासमा हाम्रो सद्भाव, सहानुभूति र समर्थन रहनेछ। छिमेकी मित्रराष्ट्र भारतले आतङ्कवादविरुद्ध चालेको कदम बाध्यताको उपज भएको हामी ठान्दछौँ र आतङ्कवाद निर्मूलिकरणमा सफलताको कामना गर्दछौँ ।’
प्रतिक्रिया