राष्ट्रियसभाको आज (२१ जेठ) को बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।
सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरे ।
‘निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ’, उहाँले भनेका छन्- ‘छानबिनमा सत्तारुढ दल एमाले र कांग्रेसले पनि सहयोग गर्नुपर्छ ।’
file photo
प्रतिक्रिया