‘राजावादीको आन्दोलन अर्थहीन, गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन’ : कांग्रेस सभापति देउवा

‘राजावादीको आन्दोलन अर्थहीन, गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन’ : कांग्रेस सभापति देउवा


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजासमर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको धारणा व्यक्त गरेका छन् ।

कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि धनुषा पुग्ने क्रममा आज (२२ जेठ) जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पणी गरेका हुन् ।

राजासमर्थकले आन्दोलन गर्नु गणतन्त्रविरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु पनि तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे।

photo: rss