नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आज (२३ जेठ) पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।
यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिने उल्लेख गर्दै उनले भनेका छन्, ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ ।’
प्रतिक्रिया