ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने

ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने


पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।

तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार (२३ जेठ) भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विद्यालयमा हुनेछ ।

धेरै युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ति आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । कोरोनापछि दक्ष जनशक्ति विदेशिएको र जनशक्ति अभाव भएको थियो, अहिले पर्यटन चलायमान भएको छ जनशक्ति पनि आवश्यक छ, आचार्यले भने । ‘पोखरालाई भ्रमण वर्ष-२०२५ घोषणा गरिरहँदा यहाँ हुने विभिन्न गतिविधिमा समेत बढ्ने र दक्ष जनशक्तिको पनि आवश्यक हुने छ ।’

राज्यले पनि पर्यटनलाई महत्वपूवर्ण क्षेत्रको रुपमा लिएको छ, व्यवसायीले पनि त्यस्तै तयारी गर्नुपर्ने आवश्यक छ । आचार्यले भने जसका लागि यो तालिमा आयोजना गरिएको ।

२६ गतेबाट तालिम सुरु हुनेछ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।

टान गण्डकीले वार्षिक रुपमा यस्ता तालिम संचालन गदै आएको सह–सचिव भूपेन्द्रकुमार लामाले बताए । हालसम्म यस्ता तालिमबाट २७ सय भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको लामाले जानकारी दिए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गर्न लागिएको टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले जानकारी दिए ।