अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम् प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत हासिल गरेका निर्वाचन समितिले जनाएको छ ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् । यस्तै, सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भएका जनाइएको छ ।