नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुईबुँदे सहमति गरिएको स्पष्टिकरण दिएका छन् ।
आज (३१ जेठ) विराटनगर विमानस्थल (मोरङ)मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको बताए ।
सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको उनको भनाइ थियो । त्यस अवसरमा उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता पनि औँल्याए ।
ज्ञातव्य छ, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने मागका साथ सदनमा अवरोध पुऱ्याउँदै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले आफ्नो अडान नछोड्ने भन्दै प्रचण्डले अभिव्यक्ति दिँदै आएका थिए । तर, बोलीको ठेगान नभएको भनी लाग्दै आएको आरोपको परवाह नगरी उनले शुक्रबार सत्तापक्षसँग सहमति गरेका थिए ।
photo: rss
प्रतिक्रिया