सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई श्रीमतीको नक्कली जागिर प्रकरणका कारण चार वर्षको जेल सजाय तोकिएको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्न नपर्ने जनाइएको छ ।
फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।
अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो ।
सन् २०२२ मा उनलाई जेलमा बस्न पर्नेगरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो ।
फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइको लागि आदेश दिएको थियो ।
प्रतिक्रिया