काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार (३ असार) सकिएको थुनछेक बहसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रले मंगलबार नै तीन लाख बुझाएका छन् ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रविरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
file photo
प्रतिक्रिया