समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज (५ असार) दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलगायत नेताहरु सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिएअनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौंबाहिर रहेकाले आजका लागि सारिएको हो ।
file photo: rss
प्रतिक्रिया