अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण


अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो।’

यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ । विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि यस घटनाले प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

‘सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो’- राष्ट्रपति ट्रम्पको भनाइ छ ।

यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्‍याएको छ ।

राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले दिने प्रतिक्रियाबारे सर्वत्र चासो प्रकट गरिएको छ ।