गौरव केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान, दिइयो पूर्वी पृतनापतिको जिम्मेवारी

गौरव केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान, दिइयो पूर्वी पृतनापतिको जिम्मेवारी


प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार (१३ असार) आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा हुनुभएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गर्नुभएका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा जानुभएको थियो । पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।