- विकाश रौनियार, धादिङ
धादिङको ज्वालामुखी गाउँपालिकाले असार १५ को अवसर पारेर ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपातीलाई सहज बनाउनका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो ।
किसानलाई खेती गर्न सजिलो होस् भनेर कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए । कृषि पेसालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको उल्लेख गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाइ काम गरिरहेको जिकिर पनि गरे ।
पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।
प्रतिक्रिया