एलजी नेपालले प्रस्तुत गऱ्यो ‘Affectionate Intelligence’

एलजी नेपालले प्रस्तुत गऱ्यो ‘Affectionate Intelligence’


‘एलजी नेपाल’ले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा ‘Affectionate Intelligence’ (स्नेही बुद्धिमत्ता)लाई विशेष दुई दिने कार्यक्रममार्फत् सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको कार्यक्रममा LG को भविष्यमुखी प्रविधिको अनुभव गराइयो- जहाँ प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, उनीहरूको ख्याल पनि राख्दछ ।

‘Affectionate Intelligence’ LG को artificial intelligence प्रति राखिएको विशेष दृष्टिकोण हो- जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।

यस अवसरमा LG ले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्‍यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो ।

साथै, LG ले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पछिल्ला चार दशकदेखि LG नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको छ- यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल हो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको उपस्थितिले कार्यक्रमलाई विशेष आकर्षक तुल्याएको थियो । वहाँले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, एलजीलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन वहाँहरुको योगदानको प्रशंसा गर्नुभयो । यस्तै, कार्यक्रममा विशिष्ट अतिथिको रुपमा फावियन कुन्हो ली (म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स सिंगापुर), जेराल्ड सुन्घो चुन (म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स बंगलादेश) र निर्वाण चौधरी (म्यानेजिङ डाइरेक्टर, चौधरी ग्रुप)को पनि उपस्थिति रहेको थियो ।

दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले LG को नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे। सहभागीहरूले ‘AI Mission Challenge’ मा भाग लिएर रमाइला उपहारहरू पनि जिते। मिडियाकर्मी र विशेष आमन्त्रित पाहुनाहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो ।

यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भन्नुभयो-‘हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। LG ले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। अब ‘Affectionate Intelligence’ सँगै एआई झन् मानवीय, झन् संवेदनशील र झन् अर्थपूर्ण बन्नेछ।’

LG र CG को सहकार्य सन् १९८८ बाट सुरु भएको हो- उक्त समय एलजीलाई Gold Star भनेर चिनिन्थ्यो । दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको छ।

‘Affectionate Intelligence’ कार्यक्रम केवल प्रदर्शनी मात्र थिएन- यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको थियो ।