नेताका बुद्धि †-शोभा त्रिपाठी

नेताका बुद्धि †-शोभा त्रिपाठी


नेपालका राजनीतिक दलका नेताहरूलाई अब हुस्सुहरूको जमात भनिदिँदा फरक नपर्ने भएको छ । अर्को विशेषण भिराउनुपर्दा नकच्चरा भन्न पनि सकिन्छ । यिनीहरू यतिसम्म शर्महीन सावित भइसके कि अब सडकमा निर्वस्त्र दौडन मात्र बाँकी छन् जस्तो अनुभूति हुन्छ । यो फगत आरोप होइन, देश र दुनियाँसमक्ष उदाङ्ग यथार्थ हो । यसै पनि नेपालको अन्तर्राष्ट्रिय छवि दिनानुदिन रसातलतिर धसिँदो छ । भ्रष्टाचार हुने मुलुकको सूचीमा अग्रपङ्क्तिमा आएको मात्र नभई सम्बन्धित अन्तर्राष्ट्रिय निकायले सहयोगहरू रोक्का गर्नेसम्मको चेतावनी दिइसकेको अवस्था छ । तर, यहाँ पदमा हुनेहरूको घैंटामा घाम लागेको छैन, ‘सरकारको के भरोसा छ र, मौका यही हो’ भन्ने भावबाट प्रेरित भई लुटतन्त्र मच्चाइरहेछन् ।
पदीय भागबण्डाको कुकुर-झगडा निकृष्ट हदमा जारी छ, इतिहासमा यस्तो कहिल्यै भएको थिएन । संविधान बनाउन नसक्नुको पीडा र हीनताबोध यिनीहरूलाई रत्तिभर छैन । म्याद थप्ने बेला यिनको हंसले ठाउँ छोडेको थियो । विरोधमा उठ्नुपर्ने जनताका हातहरू फतक्कै गलेपछि, उरालिनुपर्ने आवाज र्सलक्कै सुकेपछि नेता भनाउँदाहरूको सातो फिर्‍यो र अनेक नाटकबाजी गर्दै मध्यरातमा म्यादथपको नाटक मञ्चन गर्न सके । यसरी जागिरको अवधि बढाइसकेपछि फेरि पनि यिनले संविधान बनाउने दायित्व चटक्कै बिरि्ससकेका छन् । फेरि पनि ङ्यारङुर गरेरै म्याद गुजार्ने सुरताल झिकिसकेका छन् । साँच्चै हाम्रा नेताका बुद्धि कहाँ गयो होला –
एकपटक कुनै विदेशी कूटनीतिज्ञले अनौपचारिक कुराकानीका क्रममा ठट्टा गरेको पङ्क्तिकारलाई सम्झना आउँछ । उनले भनेका थिए- नेपाली नेताहरूले बुद्धि बेचिसके, अब उनीहरू शून्यबुद्धिबाट चलिरहेका छन् । सन्दर्भ हँसिमजाकको थियो तर यस अभिव्यक्तिको चुरोचाहिँ कम गम्भीर थिएन । हुन पनि हो, नेपाली नेताले बुद्धि सबै बेचिसके । अब शून्य टाउको बोकेर नेता बन्नुपरेपछि अवस्था कस्तो होला त – आफूले नजानेपछि अर्काको भर पर्नुपर्‍यो । अर्काको भरपर्दा अर्कैको आँखाबाट हर्ेर्नुपर्‍यो, अर्कैको कानबाट सुन्नुपर्‍यो, अकर्ैर्ैैे बोली बोल्नुपर्‍यो, अर्कैको खुट्टाको सहारामा उभिनुपर्‍यो, भलो चिताएर राम्रो आडभरोसा दिएसम्म त अर्काकै सहारामा ठडिनु पनि ठीकै मान्न सकिँदो हो, कतै ठाउँ छोडिदिए भने –
यसरी बुद्धि गुमाएर गुमराहमा परेका नेताहरूलाई जनताले अब बुद्धि खोजिदिनुपर्ने अवस्था छ । बुद्धि सापट माग्नुपर्दा कुनै नेतालाई बाँदरको, कुनैलाई गोहीको, कुनैलाई बिरालाको, कुनैलाई र्सपको, कुनैलाई पँधर्ेर्नीको, कसैलाई गोरुको त कसैलाई कुकुरको मागिदिनु उचित देखिन्छ । किनकि, जिम्मेवार दलका जिम्मेवार नेता भनाउँदाहरू यस्तै-यस्तै स्वभावका छन् हाम्रा । नाम नलिए पनि भुक्तभोगी जनताले बुझिहाल्छन् कि कुनै दलका नेता जता जे पाए पनि चाटिहाल्ने कुकुरेबुद्धिका छन् त कुनै नेता आफ्नै घर भत्काउने प्रवृत्ति दर्शाइरहेका छन् । कुनै चोरबिरालोकै पारा देखाइरहेका छन् भने गोहीझैँ आँखा चिम्लेर मौकापरे झम्टिने दाउ हेरिबसेका बेग्लै छन् । यसैगरी, र्सपको जस्तो दुईटा ज्रि्रोले दुईतिर दुई फरक कुरा गर्न माहिर एकथरी देखिएका छन् त पँधेरामा अर्कोलाई पानी छुन नदिने तर कुरा नमिलेपछि जीउ नै छोएर भुत्लाभुत्ली गर्न कम्मर कस्ने प्रकृतिका पनि यहाँ नेता कहलाएका छन् । यस्ता रङ्गीबिरङ्गी नाटकवाजहरू नेता भएका देशमा जनताले सुखसन्तुष्टि पाउने त कल्पना पनि गर्न सकिन्न । कुनै दल वा नेताचाहिँ यी सब विकारहरूलाई सुधार्ने-मिलाउने भारी सकिनसकी बोकेर लम्कन तयार हुने पनि देखिएका छन् । तर, सही कुराको सुनुवाइ नै नहुने उल्टै लाञ्छना खेप्नुपर्ने माहोलमा ‘केही त गर्ने नै हो देश र जनताका निम्ति’ भनी कम्मर कस्ने त्यस्ता निम्छरा नेता देख्दा टीठ लागेर आउँछ । बकुल्लाको हुलमा मयुर त सुहाउँदैन नि †
जे होस्, वर्तमान नेपालका नेताहरूको वास्तविक चित्र यही नै हो । यिनबाट अब पनि आशा राख्नु जनताले आफ्नै भाग्यलाई जानाजान चिथोर्नु हो । बुद्धि बेचेर खोक्रिएकै खोपडीका भरमा राज गर्नेहरूलाई छुट दिने नै हो भने हामी जनता पनि बुद्धिका भिखारी नै कहलिने छौँ । बरु जनताले चाहिँ कसको बुद्धि सापट लिने हो कुन्नि ?