पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रप्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा-सुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवा-सुविधा आजकै मिति (१८ असार)देखि नलिने घोषणा गर्नुभएको छ ।
उहाँको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।
प्रतिक्रिया