मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तासँग आज (२० असार) मन्त्रालयमा भएको भेटमा उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरेका हुन् ।

अर्थमन्त्री पौडेलले भनेका छन्, ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । हाम्रा नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढ्नुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।’

प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए ।

photo: rss