पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार (५ जुलाई) अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।
कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ६ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।
उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।
कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको, करिब २० जना मानिस अझै फसेको अनुमान गरिएको र पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।
आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।
प्रतिक्रिया