नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधानविपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।
नेता कोइरालाको सम्पर्क कार्यालयमा बिहीबार (२६ असार) बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधानविपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् राजेन्द्र बजगाईंले जानकारी दिएका छन् ।
बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरिकन एकढिक्का गरी सशक्त रुपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासि कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गरे ।
बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया