✍ डिल्ली अम्माई (अनाथ अङ्कल)
गोविन्द तिम्रो बिदाइमा हिमाल हाँस्न बिर्सेछ
असारे रौद्र बादलले धौलागिरिलाई छेकेछ
देशभक्तिलाई जगाउने निरासा जनको भगाउने
समतावादी विचारले सुतेकालाई जगाउने
धौलागिरि मलिन भो त्यो तिम्रो आभा पग्लेर
आँशुले बाटो नपाउँदा आमाको छाती गलेर
गोविन्द बाको आवाज सुन्नलाई अब कहाँ पाइ !
मलिन घरको बत्ति भो त्यो मायाँ अब कहाँ पाइ !
निष्ठाको गजुर हावाले चलाएजस्तै हल्लियो
धौलागिरि हिमालको सुनको जलप मैलियो
धौलागिरि मलिन भो त्यो तिम्रो आभा पग्लेर
आँशुले बाटो नपाउँदा आमाको छाती गलेर
नेपालको असल सन्तान प्रेमको लालीगुराँस
क्रान्तिकारी नेताको मृत्युले धरती उराठ
त्यो बोली अब कहाँ पाइ गोविन्द बाको बिदाई
गरिवको प्रेम सँगाली घर-घर पुग्ने नेतालाई
धौलागिरि मलिन भो त्यो तिम्रो आभा पग्लेर
आँशुले बाटो नपाउँदा आमाको छाती गलेर
आफ्नो र पराई नछुट्याइ मायाँले कस्ने जनता
कसरी बिर्सौं तिमीलाई हेरेर कसलाई भन त
श्रद्धान्जली है गोविन्द बा युगयुगमा आउँदै गर्नु है
बनेर शितल जरुवा प्रेमले मन भिजाउनु है!
धौलागिरि मलिन भो त्यो तिम्रो आभा पग्लेर
आँशुको बाटो नपाउँदा देशको माटो गलेर !
प्रतिक्रिया