‘अहमदावाद विमान दुर्घटनामा पाइलटकै त्रुटी’ : प्रारम्भिक अनुसन्धान प्रतिवेदन

‘अहमदावाद विमान दुर्घटनामा पाइलटकै त्रुटी’ : प्रारम्भिक अनुसन्धान प्रतिवेदन


गत जुन १२ का दिन भारतको अहमदावादबाट लण्डनतर्फ उड्ने क्रममा दुर्घटनामा परेको एयर इण्डियाको विमान दुर्घटनाबारे एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट सार्वजनिक गरिएको छ । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार विमानको इञ्जिनमा इन्धन पास नभइ दुवै इन्जिन बन्द भएका कारण विमान दुर्घटना भएको हो । सो दुर्घटनामा परेर विमानका यात्रु र जमिनमा रहेकासहित २६० यात्रुको मृत्यु भएको थियो ।

उक्त विमान टेकअफलगत्तै दुवै इन्जिन एक्कासी बन्द हुन पुगेको थियो । प्लेनको फ्युल कन्ट्रोल स्वीच विमान टेकअफ् लगत्तै कट्अफ हुन पुगेको थियो । यस विषयमा ककपिट रेकर्डिङले खुलासा गरेको छ कि एक पाइलटले अर्कोलाई ‘इन्जिन किन बन्द गरेको ?’ भनेर सोधेका थिए भने अर्का पाइलटले ‘मैले त होइन’ भनी जवाफ फर्काएका थिए । त्यसबेला विमान को-पाइलटले ह्याण्डिल गरेका र क्याप्टेन निगरानीको भूमिकामा रहेका बताइएको छ ।

ज्ञातव्य छ, जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ उडेको केही बेरमै अहमदावाद विमानस्थलको नजिकै एक मेडिकल होस्टल भवनमा ठोक्किएको थियो ।