पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन


पूर्व निर्वाचन आयुक्त एवं पत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उहाँको शनिबार (२८ असार) साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

पत्रकार एवम् लेखिका अमृता लम्सालले जानकारी दिएअनुसार दिवंगत शर्माको दाहसंस्कार आइतबार गरिनेछ ।

लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएकी शर्माका दुई छोरी छन् भने श्रीमानको पहिले नै निधन भइसकेको छ ।