विश्वकप फुटबल : स्पेन र केप भर्डे नकआउट चरणमा

विश्वकप फुटबल : स्पेन र केप भर्डे नकआउट चरणमा


एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।