भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त


राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार (३१ असार) राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्री राजकुमार गुप्ताले पदबाट राजिनामा दिएपछि रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।