आजको पञ्चाङ्ग एवम् राशिफल (१ श्रावन २०८२ बिहीबार, १७ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ श्रावन २०८२ बिहीबार, १७ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ श्रावण १ गते तद्अनुसार सन् २०२५ जुलाई १७ तारिख बिहीबार श्रावण कृष्ण पक्षको सप्तमी तिथि रेवती नक्षत्र अतिगण्ड योग भद्रा करण ४ः३७ पर चतुष्पाद करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । श्रावण संक्रान्ति, दक्षिणायनारम्भ, लुतो फाल्ने दिन, कण्डारक पूजा ।

आजको राशिफल

मेष – कर्मबल बढ्ने तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्न सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृष – प्रतिभाले विशेष लाभ दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउने देखिन्छ, सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । अध्ययन-अध्यापन कार्यमा सकारात्मक प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख तथा आनन्द बढ्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ । रसरागको भाव जागृत हुनेछ भने विपरीतलिंगी मित्रको साथ मिल्ने योग छ ।

मिथुन – मित्र एवम् परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । वैदेशिक यात्रासम्बन्धी कामकाज अघि बढ्नसक्ने समय छ । आयआर्जन पनि राम्रै हुनेछ ।

कर्कट – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । नियमित खर्चमा केही वृद्धि भएपनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख मिल्नेछ । कर्मबल बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।

सिंह – आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना रहेपनि दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दाम्पत्य सम्बन्धमा केही चिसेपन आउन सक्छ, आपसी ब्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । खर्च केही वृद्धि हुनसक्छ । आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला ।

कन्या – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ने देखिन्छ । साझेदारीमा पनि फाइदा होला । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साथीभाइको सहयोगले पराक्रम बढ्ला । दाम्पत्य सम्बन्धमा न्यानोपन वृद्धिका साथै प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – क्षमताअनुसारको काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने योग छ । व्यवसायमूलक काममा राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । लगनशीलतालाई पछ्याउनसके कीर्तिमानी काम हुनसक्ने देखिन्छ ।

वृश्चिक – पहिलेका सकारात्मक कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ । आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । पराक्रम झल्कने क्रियाकलापमा मन आकर्षित रहला ।

धनु – अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर बोली र ब्यक्तित्वको प्रभावले काम बन्ने समय छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अवसर छोप्न सकिनेछ । खर्च केही बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नियमकानूनले तपाईंको साथ दिनेछ भने इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् । बयात्रापरक काममा सफलता मिल्नेछ ।

मकर – केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउला । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् ।

कुम्भ – मिश्रित फलदायी समय छ । कर्मबल बढ्नेछ भने विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ । मित्रजनको साथमा रमणीय यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ भने हतार नगर्नु उचित हुनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती आइपर्ने सम्भावना छ । आर्जित धन खर्च हुन सक्छ ।

मीन – आजको दिन त्यसै-त्यसै काम बिग्रने डरले सताउने छ भने पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने हुँदा सजगता अपनाइ व्यवहार गर्नु उचित होला । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ, आपसी व्यवहारमा प्रेम र सद्भावना बढाउने प्रयत्न गर्नु हितकर हुनेछ । केही प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथले मन रमाउला ।