✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ श्रावण ३ गते तद्अनुसार सन् २०२५ जुलाई १९ तारिख शनिबार श्रावण कृष्ण पक्षको नवमी तिथी भरणी नक्षत्र शूल योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन भाग्योदयकारी सिद्ध हुने देखिन्छ । विशेष योजनाका लागि गरिने छलफलमा तपाईंको प्रभाव–वर्चश्व रहनेछ । आरोग्यबल बढ्नेछ भने प्रसन्नता एवम् सुख-शान्ति रहनेछ । मनोरञ्जन-विलासमा आकर्षण बढ्ने देखिन्छ । मिठो भोजन मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
वृष – दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ । आरोग्यबल बढेपनि इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । दौडधुप वृद्धि हुनेछ । आजको दिन विवाद आदिदेखि सचेत रही आफ्नै बल-विवेकले काम गर्नु हितकर रहला । खर्च नियन्त्रणको लागि सजग रहनुपर्नेछ । विवेकको सही प्रयोगले आर्थिक विकासको नयाँ सम्भावना देखापर्नेछ । मित्रजनको साथ–सहयोगले आशा, आँट र उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । जोखिममा नपर्नु बेस हुनेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने अघि बढ्न सकिनेछ ।
कर्कट – कर्मयोगी भाव र कार्यव्यवहारका कारण यश वर्चश्वमा वृद्धि हुने समय छ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ भने साझेदारीको काम बन्ने योग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । प्रयासरत काम बन्नाले आँट–उत्साह बढ्नेछ । रसरागमा आकर्षण रहला । आरोग्यबल र प्रेमभाव वृद्धि हुनेछ । आफन्तजन समेतको साथ-सहयोगले पारिवारिक समस्याको समाधान मिल्ला ।
सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता पनि बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ । साहसिक कर्ममा रूचि बढ्ला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या – आजको दिन सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । रोकिएका काममा फेरि प्रयत्न गर्नु हितकर हुनेछ । विलासी क्रियाकलापमा आकर्षण रहनेछ । खर्च केही वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला । कुनै पनि शारीरिक तथा आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षको सहयोग मिल्नेछ ।
तुला – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । धनको आगमन भैरहनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । लगानीका साथै आयस्रोत पनि बढ्ला । यात्रागत कार्यमा सफलता मिल्ने योग छ । लेखन-प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यबल बढ्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।
धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नाले मनोकुलको काममा सफलता मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ ।
मकर – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । खर्च र लगानी बढ्ने योग छ । धोखा हुने, ठगिने सम्भावना रहेकाोले सोचीविचारी काम गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद रस–विलासमा आकर्षण रहला ।
कुम्भ – कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ । विशेष कार्यमा उच्च व्यक्तित्वको सहयोग–समर्थन मिल्ने देखिन्छ । आत्मविश्वास वृद्धिका कारण शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तजनको सहयोग मिल्नेछ ।
मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आर्थिक विषयको वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण रहेपनि समय अनुकुल नरहने देखिन्छ ।
प्रतिक्रिया