पूर्वराष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (४ साउन) एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ ।

एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन हुने या नहुने सवालमा पोलिटब्युरो सदस्यहरूले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

ज्ञातव्य छ, एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।

photo: pm Secretariat