प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणको मिति करिव निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ-आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् ।
मन्त्रालय स्रोतका अनुसार आगामी भदौ ३१ गते दुई दिवसीय भ्रमणका लागि प्रधानमन्त्री ओली नयाँ दिल्ली पुग्ने तय भएको छ । तथापि, मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने भ्रमणको मिति मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने जनाएका छन् ।
file photo
प्रतिक्रिया