शेयर दिलाइदिने भन्दै साढे ६ करोड ठगी : दीपेन्द्र अग्रवालसहित तीन जना पक्राउ

शेयर दिलाइदिने भन्दै साढे ६ करोड ठगी : दीपेन्द्र अग्रवालसहित तीन जना पक्राउ


प्रहरीले मोरङ विराटनगर महानगरपालिका-९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर लगानीकर्तालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवाल समेतले शेयर दिलाइदिने भन्दै खातामा रु ६ करोड ४५ लाख रकम हाल्न लगाइ सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा सोमबार (५ साउन) पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

प्रहरीले जनाएअनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।