भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको आकस्मिक राजीनामा

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको आकस्मिक राजीनामा


भारतका उपराष्ट्रपति जगदीप धनखरले सोमबार (२१ अगस्ट) आकस्मिक रुपमा राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गर्नुपरेको प्रतिक्रिया धनखरले दिएपनि यसभित्र कुनै राजनीतिक कारण लुकेको हुनसक्ने अनुमान गरिएको छ ।

धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका हुन्, जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका छन् ।

आफ्नो पत्रमा उनले राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिएका छन् ।

उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए र उनको कार्यकाल सन् २०२७ सम्मको थियो ।

धनखरको राजीनामापछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिने बताइएको छ।