प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज (७ साउन)को बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लाग्नुभएको हो ।
नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उहाँले सम्बोधन गर्नुहुनेछ ।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिनुहुने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।
file photo: rss
प्रतिक्रिया