- विकाश रौनियार, गजुरी (धादिङ)
बिगमार्टको १२५औं स्टोर पृथ्वी राजमार्गस्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ । बिगमार्टको १२५औं स्टोर शनिबार (१० साउन) एक समारोहका बीच उद्घाटन गरिएको छ ।
धादिङस्थित गजुरी-१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक भवनबाट बिगमार्टको सेवा सञ्चालनमा आएको बिगमार्टका ओपरेसन हेड रत्नमान महर्जनले बताए । उनका अनुसार स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरू विशेष छुटको व्यवस्था गरेको छ।

देशभरका स्टोरमा हालसम्म करिब २ हजार ४ सय ब्यक्ति रोजगाररत छन् भने गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने बताइएको छ ।
कम्पनीले छिटै पृथ्वीराजमार्ग स्थित चितवनको मुग्लिङ बजारमा पनि स्टोर संचालनमा ल्याउने जनाएको छ ।
प्रतिक्रिया