लागूपदार्थसहित २३ जना पक्राउ

लागूपदार्थसहित २३ जना पक्राउ


बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका-५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट दुई जना, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना, ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।

यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ ।