बागमती प्रदेश सरकारमा एमालेको समर्थन कांग्रेसको संस्थापन पक्षलाई

बागमती प्रदेश सरकारमा एमालेको समर्थन कांग्रेसको संस्थापन पक्षलाई


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेश सरकारमा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ ।

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्तासाझेदारी गरिएको बताउँदै थपलियाले ‘संस्थापन’ बनेर जो आउँछन् उनैलाई ‘समर्थन’ गर्ने बताए । उनले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको धारणा पनि राखे ।

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रिमण्डल बिस्तारलाई नेकपा एमालेले रोक्न लगाएको थियो ।