‘अचानक’ अस्वस्थ भएका प्रदेशप्रमुख देवकोटा मुख्यमन्त्रीको राजीनामालगत्तै अस्पतालबाट घर फिर्ता !

‘अचानक’ अस्वस्थ भएका प्रदेशप्रमुख देवकोटा मुख्यमन्त्रीको राजीनामालगत्तै अस्पतालबाट घर फिर्ता !


प्रदेशका मुख्यमन्त्रीले तीन जना नयाँ मन्त्री नियुक्त गरेपछि उनीहरुलाई शपथ खुवाउनुअघि ‘अचानक’ बिरामी परेका बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता भएका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार (१८ साउन) पदबाट राजिनामा दिने घोषणा गरेलगत्तै पिसाबसम्बन्धी सङ्क्रमण भएर काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका भनिएका प्रदेशप्रमुख देवकोटा स्वास्थ्यमा सुधार आएको भन्दै घर फिर्ता भएका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रकाश चौलागाईंका अनुसार प्रदेशप्रमुख देवकोटा सोमबारदेखि नियमित काममा फर्किने छन् ।