सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए


पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।

साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका छन् । नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको भनाइ छ ।

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

file photo